चितवनमा कोरोना परीक्षण गरिएका सबैको नतिजा नेगेटिभ
प्रकाशित मिति: मंगलबार, चैत्र २५, २०७६ | १४:१०:१७
चितवन,२५ चैत्र ।
चितवनको भरतपुरमा स्थापना गरिएको कोरोना परीक्षण प्रयोगशालामा सोमबार परीक्षण गरिएका २१ जनाकै रिपोर्ट नेगेटिभ आएको छ।
प्रयोगशाला स्थापना उपसमितिका संयोजक डा।कृष्णसागर शर्माका अनुसार आज बिहान आएको रिपोर्टमा सबैमा कोरोना नेगेटिभ नतिजा आएको हो। सोमबारबाट परीक्षण सुरु गरिएको चितवनमा परीक्षणको यो पहिलो रिपोर्ट हो।
प्रकाशित मिति : मंगलबार, चैत्र २५, २०७६ |
१४:१०:१७
6909



















