मकवानपुरमा आठ जुवाडे पक्राउ
प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७६ | १४:३५:२९
मकवानपुर,२७ चैत्र ।
मकवानपुरमा जुवा खेलरहेको अवस्थामा आठजना पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका ८, मैदा टोलमा जुवा खेलिरहेको अवस्थामा २२ हजार ५ सय ४५ रुपैयाँसहित उनीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा मैदा टोल बस्ने २७ वर्षीय रामेश्वर राई, २६ वर्षीय अशोक थापा, ३३ वर्षीय चित्र शिवभक्ति, २२ वर्षीय सुमन थापा, २८ वर्षीय सुदीप अर्याल, ३२ वर्षीय सागर राई, २९ वर्षीय आकाश विष्ट र ३० वर्षीय विजय राई छन् ।
वागमती प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रकाशित मिति : बिहिबार, चैत्र २७, २०७६ |
१४:३५:२९
4819



















