‘लकडाउन’को समयमा पनि कलैयामा हाटबजार सञ्चालन
प्रकाशित मिति: बिहिबार, चैत्र २७, २०७६ | १५:२४:१७
बारा, २७ चैत ।
बाराको सदरमुकाम कलैयामा ‘लकडाउन’को समयमा पनि हाटबजार सञ्चालन गरिएको छ ।
हाटबजारमा कोरोना संक्रमण नियन्त्रण र रोकथामको सामान्य नियम पनि पालना भएको छैन ।
लकडाउन उल्लंघन गर्दै हाटबजार सञ्चालन भएपछि स्थानीयमा कोराना संक्रमणको त्रास बढेको छ ।
जिल्ला सुरक्षा समितिले कडाइ नगर्दा हाटबजार सञ्चालन भएको स्थानीयको आरोप छ ।
प्रकाशित मिति : बिहिबार, चैत्र २७, २०७६ |
१५:२४:१७
4995



















