कालोबजारीको आरोपमा पक्राउ परेका अग्रवाल थप ५ दिन थुनामा
प्रकाशित मिति: मंगलबार, बैशाख ०२, २०७७ | १६:२८:२९
काठमाडौं, २ बैशाख
स्वास्थ्य सामग्रीको कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवाललाई पाँच दिन हिरासतमा राख्न म्याद थप गरिएको छ।
यस अघि जिल्ला प्रशाशसन कार्यालयले दिइएको ७ दिनको समय मंगलबार नै सकिएपछि थप उनीमाथि अनुसन्धान गर्न अपराध अनुसन्धान महाशाखाले थप समय माग गरेको थियो। प्रशासनले मंगलबार नै ५ दिनको म्याद थप गर्न अनुमती दिएको हो।
अग्रवालले पाँच हजार रुपैयाँ पर्ने ज्वरो नाप्ने थर्मल गन १५ हजार रुपैयाँ बिक्री गर्न लागेपछि प्रहरीले काठमाडौंको नक्शालबाट पक्राउ गरेको थिायो।
प्रकाशित मिति : मंगलबार, बैशाख ०२, २०७७ |
१६:२८:२९
5039

























