कपिलवस्तु र चितवनमा डुबेर दुई जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, बैशाख ०३, २०७७ | १५:००:५०
काठमाडौँ, ३ वैशाख ।
कपिलवस्तु र चितवनमा डुबेर दुई जनाको मृत्यु भएको छ।
कपिलवस्तुको मायादेवी गाउँपालिका–६ मुंगेहरी बस्ने शिववचन कोरीको छोरी ५ वर्षीया रोशनी कोरीको माछा पोखरीमा डुबेर मृत्यु भएको हो। खेल्दै जाने क्रममा घरदेखि अन्दाजी २ सय मिटर टाढा रहेको माछा पोखरीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
यसैगरी, चितवनको भरतपुर महानगरपालिका–२५ शुक्रनगर डेरा गरी बस्ने नवलपरासी (पूर्व) देवचुली नगरपालिका–१३ घर भएका ३० वर्षीय धनसिंह नेपालीको राप्ती नदीमा डुबेर मङ्गलबार साँझ मृत्यु भएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख ०३, २०७७ |
१५:००:५०
4599

























