काठमाडौंबाट मजदुर बोकेर दोलखा गएको बस दुर्घटना,२८ जना घाइते
प्रकाशित मिति: बुधबार, बैशाख १०, २०७७ | १२:५९:१३
काठमाडौं,१० वैशाख
रामेछापको मन्थली नगरपालिका-६ कुनौलीमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्।
लकडाउनमा थुनिएका यात्रु बोकेर काठमाडौंबाट दोलखाको जफे हिंडेको बा २२ ख ६८१६ नम्बरको बस गएराति दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा घाइते भएका २८ जनामध्ये तामाकोशी गाउँपालिका–३ की ४५ वर्षीया इन्दिरा पोखरेलको अवस्था गम्भीर रहेको छ। उनलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
अन्य सामान्य घाइते तामाकोशी अस्पताल मन्थलीमा उपचारपछि फर्किएका छन्। दुर्घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख १०, २०७७ |
१२:५९:१३
4445

























