२५ हजार धरौटीमा छुट्दै पूर्वसचिव भीम उपाध्याय
प्रकाशित मिति: सोमबार, बैशाख १५, २०७७ | १७:२५:३३
काठमाडौं, १५ वैशाख ।
पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश दिइएको छ ।
जिल्ला अदालत काठमाडौंले उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहस गर्दै यस्तो आदेश दिएको हो । काठमाडौं जिल्ला अदालतका श्रेस्टेदार आननद श्रेष्ठका अनुसार न्यायाधीश भरतमणी खनालको इजलाशले थुनछेक बहसपछि उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
पूर्वसचिव भीम उपाध्यायलाई गत बुधबार प्रहरीले पक्राउ गरेको थियो । यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्न अनुमति दिएपछि उनी प्रहरी हिरासतमा थिए ।
म्ष्कज)ज्यmभ
उपाध्यायको पक्राउपछि सामाजिक सञ्जालमा सरकारको तीव्र आलोचना भइरहेको थियो ।
प्रकाशित मिति : सोमबार, बैशाख १५, २०७७ |
१७:२५:३३
4247



















