चितवनमा १५ बर्षिय बालिकालाई करणी गरेको आरोपमा ५८ बर्षका पुरुष पक्राउ
प्रकाशित मिति: बिहिबार, बैशाख १८, २०७७ | ११:१९:२६
चितवन , १८ बैशाख।
चितवनमा १५ बर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पूर्वीचितवनको राप्ती नगरपालिका वडा नम्बर १ निवासी १५ बर्षिय बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा राप्ती नगरपालिका वडा नम्बर १ निवासी ५८ बर्षिय पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
बैशाख ९ गतेको घटना भएपनि प्रहरीमा बैशाख १३ गते जाहेरी परेको थियो । जाहेरी अनुसार राप्ती १ का रामकुमार तमाङलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई म्याद थपगरि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पुरुष र बालिकाको मेडिकल परिक्षण गरिएको तर रिर्पोट आउन बाकीँ रहेको इलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, बैशाख १८, २०७७ |
११:१९:२६
6095



















