नेपालमा एकैदिन थपिए १० कोरोना संक्रमित, संक्रमितको संख्या ६९ पुग्यो
प्रकाशित मिति: आइतबार, बैशाख २१, २०७७ | १६:४७:३१
काठमाडौँ,२१ वैशाख
कोरोना संक्रमितको संख्या ६९ पुगेको छ। आइतबार एकैदिन दश जना संक्रमित थपिएका छन्। जसमा नेपालगञ्जका ९ जना रहेका छन्। संक्रमितमध्ये पाँच जना पुरुष चार जना महिला छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित प्रेस बिफ्रिङका क्रममा नयाँ संक्रमित थपिएको जनाएको हो।
आइतबार पर्सामा एक र बाँकेको नेपालगञ्जमा ९ जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। विकास देवकोटाले जानकारी दिए।
उनका आइतबार गरिएको परीक्षणमा नेपालगञ्जका ९ र वीरगञ्जका ३६ वर्षीय पुरूषमा कोरोनाको संक्रमण देखिएको हो। नेपालगञ्जमा कोरोनाको संक्रमण देखिएकाहरु सातदेखि ५८ वर्ष उमेर समूह चार महिला र पाँच पुरूष रहेको प्रवक्ता देवकोटाले जानकारी दिए।
योसँगै संक्रमितको संख्या ६९ पुगेको छ। तीमध्ये १६ जना भने निको भएर घर फर्किसकेका छन्।
प्रकाशित मिति : आइतबार, बैशाख २१, २०७७ |
१६:४७:३१
3851



















