मापसे गरेका एम्बुलेन्स चालकले दिए निजी कारलाई ठक्कर
प्रकाशित मिति: बिहिबार, बैशाख २५, २०७७ | १७:५७:२३
काठमाडौं,२५ वैशाख
काठमाडौंको गौशालामा बिहिवार एम्बुलेन्सले निजी कारलाई ठक्कर दिँदा कार चालक सामान्य घाइते भएका छन्।
दिउँसो साढे ३ बजेतिर गौशालास्थित सडक खण्डमा मित्रपार्कबाट एयरपोर्टतर्फ आउँदै गरेको बा १० च ८५१३ नम्बरको निजी कारलाई विपरिीत दिशाबाट आएको बा ८ छ ६९२८ नम्बरको एम्बुलेन्सले ठक्कर दिएको थियो। दुवै सवारीसाधनमा क्षति भए पनि कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ।
निजी कार चालक गोंगबुका २९ वर्षीय सविन श्रेष्ठ र एम्बुलेन्स चालक मोरङ पथरीका ३६ वर्षीय राम बहादुर चौधरीले मादक पदार्थ सेवन गरेको र लाइसेन्स पनि नभएको पाइएको छ।
दुवै सवारीसाधन र चालक महानगरीय ट्राफिक प्रहरी वृत्त गौशालाको नियन्त्रणमा छन्।
प्रकाशित मिति : बिहिबार, बैशाख २५, २०७७ |
१७:५७:२३
6271



















