भारतीय दूतावास अगाडि प्रदर्शनको तयारी गरेका अनेरास्ववियूका नेता कार्यकर्ता पक्राउ
प्रकाशित मिति: शनिबार, बैशाख २७, २०७७ | १३:४८:२६
काठमाडौं,२७ वैशाख
भारतले नेपाली भूमि हुँदै सडक बनाएको विरोध गर्न लैनचौरस्थित भारतीय दूतावास पुगेका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। अनेरास्ववियुको नेतृत्वमा गएका २० प्रदर्शनकारीलाई निर्धारित समय १ बजेअघि नै प्रहरीले नियन्त्रणमा लिएको हो।
उनीहरुलाई खानी तथा भूगर्भ विभाग नपुग्दै नियन्त्रणमा लिइएको हो।
भारतले नेपाली भूमि लिपुलेक कालापानी हुँदै मानसरोवरसम्म जाने सडकको शुक्रबार उद्घाटन गरेको थियो। भारतको उक्त कदमविरुद्ध नेपालका राजनीतिक दल, विभिन्न र्सगठनले तीव्र विरोध गरेका छन्।
प्रकाशित मिति : शनिबार, बैशाख २७, २०७७ |
१३:४८:२६
4599



















