नारायणी अस्पतालबाट भागे २ कोरोना संक्रमित
प्रकाशित मिति: बुधबार, बैशाख ३१, २०७७ | १६:४९:३५
काठमाडौं,३१ वैशाख
कोरोना भाइरसको संक्रमण पुष्टि भएका २ जना अस्पतालबाट भागेका छन्। नारायणी अस्पताल वीरगञ्जको आइसोलेसनमा भर्ना भएका २ जना संक्रमित भागेका हुन्।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन उपाध्यायका अनुसार उनीहरु अस्पतालको शौचालयको भेन्टिलेसन् फोडेर भागेका हुन्। उनीहरु मंगलबार भर्ना भएका थिए।
डा उपाध्यायका अनुसार महानगरपालिकाकै वडा नम्बर १६ र १३ का दुई संक्रमितमध्ये एकजना १७ र अर्का ३० वर्षका छन्।
अस्पतालबाट भाग्ने दुई जनामध्ये एक जना थुनुवा हुन्।
संक्रमित भागेपछि खोजी कार्य भइरहेको बताइएको छ।
प्रकाशित मिति : बुधबार, बैशाख ३१, २०७७ |
१६:४९:३५
4137



















