जिल्लाभित्रका लागि जारी भएका सबै सवारी पास खारेज गर्ने गृहको निर्णय
प्रकाशित मिति: बिहिबार, जेठ ०१, २०७७ | १८:०१:३४
काठमाडौं,१ जेठ ।
गृहमन्त्रालयले एउटा जिल्ला भित्र गाडी गुडाउन जिल्ला प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द गर्ने निर्णय लिएको छ।
सरकारले शनिबारदेखि लागू हुनेगरी सवारीसाधन चलाउनका लागि यसअघि जारी भएका सबै पास रद्द गर्ने निर्णय गरेको छ ।
आज बिहीबारदेखि एक जिल्लाबाट अर्को जिल्ला जानका लागि जारी भएको पास रद्ध गरिएकोमा शनिबारदेखि भने जिल्लाभित्रै पनि पासलाई मान्यता नदिने गरी रद्द गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
‘जेठ ३ गतेदेखि लागू हुने गरी यसअघि जारी भएका कुनैपनि पासले मान्यता पाउने छैन । अब पास बाहकले जिल्लाभित्रै पनि सो पास प्रयोग गर्न पाउँदैन’, उनले भने । सरकारले जारी गरेको लकडाउन जेठ ५ सम्म छ भने फेरि पनि लकडाउन थपिने बताइएको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ ०१, २०७७ |
१८:०१:३४
3895



















