लकडाउन थप्ने सरकारको तयारी, विज्ञहरुसहित उच्चस्तरीय समन्वय समितिको बैठक
प्रकाशित मिति: शुक्रबार, जेठ ०२, २०७७ | १४:०३:१२
काठमाडौं, २ जेठ ।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा रहेको कोभिड-१९ रोकथाम तथा नियन्त्रणसम्बन्धी गठित उच्चस्तरीय समन्वय समितिको बैठक जारी छ । कोरोना रोकथामलाई प्रभावकारी बनाउनेबारे छलफल गर्न समितिको बैठक बसेको एक मन्त्रीले रिपोर्टर्स नेपाल डटकमलाई जानकारी दिए ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा जारी बैठकमा कोरोना रोकथाम र लकडाउनलाई प्रभावकारी बनाउनेबारे छलफल भैरहेको छ । र, उक्त छलफलमा विज्ञहरू पनि सहभागी छन् ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०२, २०७७ |
१४:०३:१२
4247



















