देशभर एकीकृत एम्बुलेन्स सेवा उपलव्ध गराइने
प्रकाशित मिति: शुक्रबार, जेठ ०२, २०७७ | १७:२९:०५
काठमाडौं,२ जेठ
सरकारले देशको जुनसुकै स्थनबाट फोन गरेर एम्बुलेन्स सेवा लिन सक्नेगरी एकीकृत एम्बुलेन्स सेवा मिलाउने घोषणा गरेको छ । नेपालको जुनसुकै स्थानबाट तीन अंकको टेलिफोन नम्बरमा सम्पर्क गरेर एम्बुलेन्स सेवा लिने व्यवस्था मिलाइने भएको छ।
नेपाल सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रममा जुनसुकै स्थानबाट तीन अंकको टेलिफोन नम्बरमा सम्पर्क गरी नेपाली नागरिकले सहज र सरल रुपमा एम्बुलेन्स सेवा प्राप्त गर्न सक्ने एकिकृत एम्बुलेन्स सेवा सञ्चालन गर्ने व्यवस्था मिलाइने भएको हो।
प्रकाशित मिति : शुक्रबार, जेठ ०२, २०७७ |
१७:२९:०५
4401



















