काठमाडौंका ३१ जनामा आरडिटी परीक्षणमा कोरोना पोजेटिभ
प्रकाशित मिति: शुक्रबार, जेठ ०२, २०७७ | १८:१९:२०
काठमाडौं,२ जेठ ।
काठमाडौंमा र्यापिड डाइग्नोष्टिक टेष्ट (आरडिटी)का क्रममा ३१ जनामा कोरोना पोजेटिभ देखिएको छ । काठमाडौं महानगरको सरसफाइमा संलग्न ९ सय ३२ जनाको नमुना संकलन गरि परीक्षण गरिएको थियो ।
उनीहरुमध्ये ३१ जनामा कोरोना पोजेटिभ देखिएको काडमाडौं महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत राजेश्वर ज्ञवालीले लोकपथलाई जानकारी दिए ।
शुक्रवार बिहान मात्र नेपालमा थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म नेपालमा २ सय ५८ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म ३६ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । आजैमात्र कोशी अञ्चल अस्पतालमा २७ औँ दिनपछि कोरोना जितेर २५ वर्षीय पुरुष घर फर्किएका हुन् ।
लोकपथबाट साभार
प्रकाशित मिति : शुक्रबार, जेठ ०२, २०७७ |
१८:१९:२०
4489



















