लमजुङ ३ दिन ‘सील’ गर्ने निर्णय
प्रकाशित मिति: शुक्रबार, जेठ ०२, २०७७ | १८:२३:२४
काठमाडौं,२ जेठ ।
द्वन्द्ध व्यवस्थापन समिति लमजुङले कोभिड-१९ को संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन ३ दिन लमजुङ जिल्ला सील गर्ने निर्णय गरेको छ ।जेठ २ गते (शुक्रवार) बसेको द्वन्द्ध व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको हो ।
यस अगाडि गत वैशाख ३१ गते बुधवार बसेको द्वन्द्ध व्यवस्थापन समिति लमजुङले एम्बुलेन्स, शव बाहन, औषधि तथा स्वास्थ्य सामग्रीहरु, सबै प्रकारका औद्योगिक कच्चा पदार्थ र तयारी मालवस्तु, पेट्रोलियम पदार्थ, ग्याँस, सबै प्रकारका खाद्य वस्तु, पशुपंक्षीजन्य आहारा, माछामासु, तरकारी, फलफूल, निर्माण सामाग्री बोकेका सवारी साधनहरु बाहेक अन्य सवारी साधनहरुको सवारी पास तथा ई-पासहरु सबै खारेज गरिसकेको छ ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०२, २०७७ |
१८:२३:२४
9263



















