रुकुम पश्चिममा भारतबाट आएका १९ जना स्वाब सङ्कलन गरी सुर्खेत अस्पताल पठाइयो
सुनिल महरा
रुकुम (पश्चिम) ,४ जेठ ।
रुकुम (पश्चिम)मा भारतबाट १९ जना नागरिकहरु आएका छन । रुपैडिया नाका हुँदै हिजो बेलुकी जिल्लामा पुगेका १९ जना नागरिकहरुलाई सम्बन्धीत स्थानिय तहको क्वारेन्टीनमा राखिएको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौड्यालले जानकारी दिनुभयो ।
उहाँका अनुसार आठविसकोट नगरपालिकाका १३ जना, सानिभेरी गाउँपालिकाका ३ जना, त्रिवेणी गाऊँपालिकाका २ जना र बाँफिकोट गाऊँपालिकाका १ जना गरि जम्मा १९ जना नागरि भित्रियका हुन । जिल्लामा पुगेका उनिहरु सबैलाई सम्बन्धीत स्थानिय तहले निर्माण गरेका क्वारेन्टीनमा राखिएको छ ।
उनिहरु सबैको हिजोनै स्वाव संकलन गरी परिक्षणका लागी सुर्खेत पठाइएको प्रमुख जिल्ला अधिकारी पौड्यालले जानकारिदिनुभयो । यसअघी बाँकेमा पनि उनिहरुको ¥यापिड डाइगोनोष्टिक टेस्ट (आरडिटी) गर्दा रिपोर्ट नेगेटिभ आएको थियो । आरडिटी रिपोर्ट नेगेटिभ देखिएपछी जिल्ला प्रशासन कार्यालयले उनिहरुलाई त्यहाँबाट पठाएको थियो । मजदुरी गर्न भारतका विभिन्न ठाउँमा गएका नागरिकहरु जिल्लामा भित्रिएका हुन । नेपाल र भारतको सिमा नाका बाबागञ्जलमा १२ दिन क्वारेन्टीनमा बसेर नेपाल आएको उनिहरुले बताएका छन ।

यता आठविसकोट नगरपालिका वडा नम्बर ९ राडी स्थित बाल कल्याण माद्यामिक विद्यालयको क्वारेन्टीनमाराखिएका९ जना पुरुष र ४ जना महिलाहरुले आफुहरु भारतको बिहारबाट आएको बताएका छन ।
यसैविच आज बिहान आठविसकोट नगर अस्पतालबाट स्वास्थ्य कर्मी गएर उनिहरुको स्वास्थ्य परिक्षण गरियको छ । हेल्थ असिस्टेन्ट प्रेम प्रकाश रोकायका अनुसार उनिहरुमा कुनै पनि लक्षण देखा परेको छैन ।



















