चितवनमा दुईजनामा कोरोना संक्रमण
प्रकाशित मिति: शुक्रबार, जेठ ०९, २०७७ | ८:१६:११
चितवन , ९ जेठ
चितवनमा दुईजनामा कोरोना संक्रमण देखिएको छ । चितवनकोे भरतपुर महानगरपालिकाका वडा नम्बर ६ गितानगरका दुईजनामा कोरोना संक्रमण भएको हो ।
उपचारको सिलसिलामा भारत गएका श्रीमान श्रीमति जेठ ३ गते चितवन आएका थिए । उनीहरुलाई क्वारेन्टाइनमा राखेर परिक्षण गर्दा कोभिड १९ पोजेटिभ आएको स्रोतले समावेशी खबरलाई जानकारी दिएको छ । ७४ बर्षिय श्रीमान र ७३ बर्षिय श्रीमतिमा कोरोना संक्रमण पुष्टि भएको उच्च स्रोतले जनाएको छ ।
स्थित भरतपुुर कोभिड १९ परिक्षण प्रयोगशालामा उनीहरुको स्वाव परिक्षण गरिएको थियो । यसअघि चितवनमा संक्रमण देखिएका दुईजना उपचारपश्चात् निको भएर घर गइसकेका छन् ।
प्रकाशित मिति : शुक्रबार, जेठ ०९, २०७७ |
८:१६:११
4313



















