टोखामा ठोक्किए २ मोटरसाइकल,दुवै चालकको मृत्यु
प्रकाशित मिति: आइतबार, जेठ ११, २०७७ | ११:२७:१३
काठमाडौँ,११ जेठ
काठमाडौँको टोखामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दुर्घटनामा टोखा नगरपालिका(१ झोरका २४ वर्षका मनोज दुलाल र २० वर्षका पासाङ तामाङको ज्यान गएको प्रहरीले जनाएको छ । टोखाको पन्चेटारमा दुई वटा मोटरसाइकल ठोक्किएर अर्को मोटरसाइकललाई ठक्कर दिएका पनि प्रहरीले जनाएको छ ।
बा ९१ प ११८८ र बा ८५ प ५६६ नम्बरको मोटरसाइकल ठोक्किएर उछिट्टिएर प्रदेश ३ ०२ ००१ प २२०० नम्बरको मोटरसाइकललाई पनि ठक्कर दिएको प्रहरीले जनाएको छ । घाइते तीनै जनाको ग्रीनसिटी अस्पताल टोखामा उपचार भैरहेको छ ।
प्रकाशित मिति : आइतबार, जेठ ११, २०७७ |
११:२७:१३
4093



















