प्रहरी विटमा नै असई मृत अवस्थामा फेला
काठमाडौँ,११ जेठ
स्वयम्भू प्रहरी वृत्त अन्तर्गत हल्चोक प्रहरी बिटका इन्चार्ज प्रहरी सहायक निरीक्षक ९असई० विष्णु बहादुर कार्की मृत फेला परेका छन्।
आइतबार बिहान सुतेकै ठाउँमा उनी मृत भेटिएको काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी राजकुमार केसीले जानकारी दिए ।
राति १२ बजे डिउटी सकेर सुतेका उनी बिहान साढे ६ बजे टाउकोमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा उनले प्रयोग गर्दै आएको पेस्तोल पनि भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए । दोलखा घर भएका कार्की गत वर्षको वैशाख देखि हल्चौकको इन्चार्जका रुपमा कार्यरत थिए राति १२ बजे डिउटी सकेर सुतेका उनी बिहान साढे ६ बजे टाउकोमा गोली लागेको अवस्थामा मृत फेला परेका हुन् । घटनास्थलमा उनले प्रयोग गर्दै आएको पेस्तोल पनि भेटिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता राजकुमार केसीले जानकारी दिए ।
घटनाबारे थप अनुसन्धान भइरहेको केसीले बताए । दोलखा घर भएका कार्की गत वर्षको वैशाख देखि हल्चौकको इन्चार्जका रुपमा कार्यरत थिए



















