भारतीय नाकामा रोकिएका नेपाली युवकको मृत्यु
प्रकाशित मिति: बुधबार, जेठ १४, २०७७ | १५:२१:३३
धनुषा, जेठ १४ ।
भारतबाट नेपाल आउँदै गरेका धनुषाको सहिदनगर नगरपालिका–९ निवासी वीरेन्द्र गुरमैता यादवको जटही नाकामा बुधबार बिहान मृत्यु भएको छ ।
मृतक यादवसहित झन्डै २०० जना भारतबाट आएर जटही नाकामा रोकिएका थिए ।
३० वर्षीय गुरमैताले आफ्नो परिवारलाई चाँडो आएर आफूलाई उद्धार गर्न भनेपछि उनका भाइ धीरेन्द्रसहित परिवारका चारजना मंगलबार राति नै त्यहाँ पुगेका थिए । तर, उनको नेपाल प्रवेश नै गर्न नपाइ मृत्यु भयो ।
उनको शव जनकपुर ल्याएर ‘पोस्टमार्टम’ गरिने भएको छ ।
यादवको मृत्युबाट आक्रोसित भएको भीड सुरक्षा घेरा तोड्दै जनकपुरतर्फ आइरहेको छ ।
प्रकाशित मिति : बुधबार, जेठ १४, २०७७ |
१५:२१:३३
4445



















