सोती घटनामा हराएका १ जनाको शव भेटियो
जाजरकोट, १५ जेठ ।
पश्चिम रुकुमको सोती घटनामा वेपत्ता भएका ३ मध्ये एक जनाको शव भेरी नदिमा फेला परेको छ । भेरी नगरपालिका वडा नं ११ स्थित मेटलाका १९ वर्षका लोकेन्द्र सुनारको शव रुकुम पश्चिमको चौरजहारी स्थित मिनस अस्पताल नजिकैको कुइनेटोमा भेटिएको नेपाली हो ।
मेटेलाका युवाहरुको पहलमा खोजि कार्य जारी रहेकोमा उनका आफन्त र छिमेकीले शव हातमा पासोको डोरीले बाँधेको अवस्थामा फेला पारेका हुन् । सुनारको शव भेटिएसँगै सोती घटनामा मृतकको संख्या ४ पुगेको छ । अझै दुई जना हराइरहेका छन् । यसैबीच हिउँ पघ्लीएर भेरी नदीको पानी धमिलो भएकोले वेपत्ताहरुको खोजीमा समस्या भइरहेको गोताखोरले जनाएका छन् ।
अन्तरजातीय प्रेमका कारण १० जेठ शनिवार पश्चिम रुकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा हराइरहेका तीन जनाको खोजी गर्न शसस्त्र प्रहरी बलको गोताखोर टोली हिजो बिहानैदेखि परिचालित छन् । गत १० जेठमा भएको घटनामा गोविन्द शाही, वडा नम्बर ४ का सन्दीप विक अझै वेपत्ता छन् ।
शवअयिकभसोती घटनाअयिकभ



















