१६ असारसम्म अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल बन्द
प्रकाशित मिति: शनिबार, जेठ १७, २०७७ | २१:२२:४०
काठमाडौं, १७ जेठ ।
सरकारले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको छ ।
शनिवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले अन्तर्राष्ट्रिय सीमानाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय गरेको हो ।
यस्तै विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउने कार्ययोजना स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिए । सरकारले विदेशमा अलपत्र रहेका नेपालीलाई उनीहरू रहेको देशस्थित नेपाली दूतावासमा नाम दर्ता गराएर प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारी गरेको पनि ती मन्त्रीले जानकारी गराए ।
त्यसरी विदेशबाट नेपाल ल्याएकालाई काठमाडौंका होटलमा १४ दिन क्वारेन्टाइनमा राखेर मात्र जिल्ला प्रवेश गराउने योजना बनाएको छ ।
प्रकाशित मिति : शनिबार, जेठ १७, २०७७ |
२१:२२:४०
4621



















