गृहले जारी गर्यो नयाँ सुरक्षा मापदण्ड,राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध
प्रकाशित मिति: शुक्रबार, आषाढ ०५, २०७७ | १८:२०:५७
काठमाडौं,५ असार
गृह मन्त्रालयले राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न प्रतिबन्ध लगाएको छ ।
मन्त्रालयले असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउन यस्तो मापदण्ड तयार पारिएको जनाएको छ ।
गृहले शुक्रबार ‘बन्दाबन्दीलाई व्यवस्थित गर्नेसम्बन्धी सुरक्षा मापदण्ड २०७७’ जारी गरेर अत्यावश्यक कामबाहेक राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो ।
मन्त्रालयले विवाह, ब्रतबन्ध, मृत्यु संस्कारलगायतका कार्यमा पनि १५ जनाभन्दा बढी आगन्तुक भेला नहुन निर्देशन दिएको छ । उद्योग, भौतिक पूर्वाधार तथा विकास निर्माणलगायत काममा एक ठाउँमा एकपटकमा १० जनाभन्दा बढी भेला हुन पनि निषेध गरिएको छ ।

प्रकाशित मिति : शुक्रबार, आषाढ ०५, २०७७ |
१८:२०:५७
4137



















