इलाममा रुखको एउटै हाँगामा देवर-भाउजु झुन्डिएको अवस्थामा मृत फेला
प्रकाशित मिति: शनिबार, आषाढ ०६, २०७७ | १४:३५:११
इलाम,६ असार ।
इलामको माङसेबुङ गाँउपालिका–६ मा एउटै रुखको हाँगा झुण्डिएको अवस्थामा देवर–भाउजु मृत्त भेटिएका छन् । माङसेबुङ–६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकै भाउजु २६ वर्षीया गीता राईको शव फेला परेके प्रहरीले जनाएको छ ।
बिहीबार बाट बेपत्ता देवर–भाउजु बेलुकासम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा शुक्रबार रुखको एउटै हाँगामा डोरीको पासो लगाएर झुन्डिएको अवस्थामा फेला पारेका थिए ।
घटनाबारे प्रहरी चौकी साक्फाराबाट जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षक राजकुमार साह तेलीको नेतृत्वको टोली घटनास्थल पुगेको छ । दुवैजनाको शवलाई पोष्टमार्टमको लागि पाँचथरको रवी लगिएको छ । घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको प्रहरी निरीक्षक तेलीले बताए । थप विवरण पोष्टमार्टमको रिपोर्ट आएपछि थाहा हुने तेलीले बताए ।
प्रकाशित मिति : शनिबार, आषाढ ०६, २०७७ |
१४:३५:११
3851



















