अवरुद्ध सुर्खेत-जुम्ला सडक सञ्चालनमा
प्रकाशित मिति: बुधबार, आषाढ १०, २०७७ | १४:५१:३९
कालिकोट, १० असार ।
कर्णाली राजमार्ग अन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डको गगने खोलामा गत राति गएको पहिरो जिल्ला प्रहरी कार्यालयले हटाएको छ ।
शुभकालिका गाउँपालिका–१ को गगने खोलामा गएराति पहिरो जाँदा राजमार्ग अवरुद्ध भएको थियो । सडक खुलेपछि सुर्खेत नेपालगञ्ज लगायतका ठाउँहरुबाट आएका मालबहाक गाडीहरु गन्तब्य स्थानतर्फ लागेको डीएसपी श्यामबाबु ओलीयाले बताए ।
गगने खोलाको बाटो खुलेपनि कालिकोट जुम्ला खण्ड अन्तर्गत पर्ने नाग्म नजिकै बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ ।
उक्त स्थानमा फोन सम्पर्क हुन नसकेको प्रहरीले जनाएको छ । सडक सञ्चालनका लागि प्रहरी त्यहाँ पठाइएको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ १०, २०७७ |
१४:५१:३९
3917



















