भक्तपुरको गोठमा आगलागी हुदाँ तीनवटा गाई र एउटा बाच्छो मरे
प्रकाशित मिति: बिहिबार, आषाढ ११, २०७७ | १३:५२:५९
भक्तपुर,११ असार
भक्तपुरको गोठमा आगलागी हुँदा तीन गाई र एक बाच्छा मरेका छन्। सूर्यविनायक नगरपालिका–८ सुपाडोल, तौडोलकी पावर्ती थापाको गोठमा बिहीबार बिहान दुई बजेतिर अचानक आगलागी भएको हो ।
गएराति सिपोडोलमा रहेको पार्वती थापाको जस्ताको कच्ची गोठमा गाईबाच्छा जलेका हुन् ।आगलागीको कारण खुलेको छैन । तर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने थापाले बताइन्।
स्थानीयहरुको सहयोगमा बिहान तीन बजेतिर आगो नियन्त्रणमा लिएको पावर्ती थापाले बताएकी छन् ।
आगलागीबाट चार लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।
प्रकाशित मिति : बिहिबार, आषाढ ११, २०७७ |
१३:५२:५९
4313



















