तुलसीपुरमा जंगली च्याउ खाँदा १४ विरामी
प्रकाशित मिति: शुक्रबार, आषाढ १२, २०७७ | १४:१०:१९
दाङ,१२ असार
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा दाङको तुलसीपुरमा पाँच जना बिरामी भएका छन् । बिरामी हुनेमा एकै घरका ४ जना र एकजनासोही घरमा आएका पाहुना रहका छन् ।
जंगलबाट ल्याएको च्याउको तरकारी खाँदा तुलसीपुर उपमहागनरपालिका–५ रानीजरुवा निवासी ३५ वर्षकी बिमला विक, १७ वर्षकी पवित्रा विक, ११ वर्षका जेनिस विक, १० वर्षका सुजन विक र पाहुना आएकी सल्यानको छत्रेश्वरी गाउँपालिका–३ पेदीखोला निवासी १७ वर्षकी मनिसा विक बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङले जानकारी दिएको छ ।
बिहीबार राती साढे आठ बजे च्याउ पकाएर खाए लगत्तै बान्ता आउने, वाकवाकी लाग्न थालेपछि उनीहरुलाई राती नै राप्ती प्रादेशिक अस्पताल ल्याइएको थियो ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १२, २०७७ |
१४:१०:१९
4247



















