शुक्रबारदेखि नेपालको जनसंख्या तीन करोड नाघ्यो
प्रकाशित मिति: शुक्रबार, आषाढ १२, २०७७ | १४:३२:१५
काठमाडौं,१२ असार ।
नेपालको जनसंख्या तीन करोड नाघेको छ । केन्द्रीय तथ्यांक विभागको वेबसाइटमा राखिएको क्याल्कुलेटरले शुक्रबार बिहान नेपालको जनसंख्या तीन करोड ६ सय ३४ देखाएको हो।
तथ्यांक विभागका सूचना अधिकारी तीर्थराज चौलागाईंले वेबसाइटमा राखिएको क्याल्कुलेटरमा फर्मुला राखिएको जानकारी दिए । क्याल्कुलेटरले जन्मदर, मृत्युदर र बसाइँसराइ दरको हिसाब गर्छ।
केन्द्रीय तथ्यांक विभागले सम्भवतः आज अपराह्नबाट कार्यालयको डिस्प्ले बोर्डमा तीन करोड जनसंख्या पुगेको स्क्रोलिङ राख्ने बताएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १२, २०७७ |
१४:३२:१५
4995



















