आज पनि देशका अधिकांश स्थानमा वर्षाको संम्भावना
काठमाडौं, १५ असार ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशका अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ । आज दिउँसो देशभर सामान्य बदली रही धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको संभावना रहेको विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाले निकालेको मौसम पूर्वानुमान बुलेटिन अनुसार प्रदेश १, प्रदेश २, प्रदेश ५ तथा सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा भारी वर्षाको संभावना रहेको छ । आज राति देशका सबै प्रदेशहरूमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने र प्रदेश १, २, ५, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा हुनेछ ।
म्ष्कज)ज्यmभ
अधिकांश स्थानमा वर्षाको सम्भावना रहेकाले ती क्षेत्रहरुका नदीमा पानीको बहाव बढ्ने, भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले अनुरोध गरेका छन् ।



















