कपिलवस्तुमा भेटियो सलहको झुण्ड,१० लाख सलह
प्रकाशित मिति: सोमबार, आषाढ १५, २०७७ | १५:२४:५३
काठमाडौं, १५ असार ।
कपिलवस्तुमा अहिलेसम्मकै ८ देखि १० लाखको संख्यामा सलहको झुण्ड देखा परेका छन् ।
बुद्धभूमी, शिवराज र कपिलवस्तु नगरपालिकाको जंगलमा सलहको ठूला झुण्ड देखा परेका हुन् ।
करिब २० घण्टासम्म एकै ठाउँमा बसेको सलहको उक्त झुण्ड नेपालमा भेटिएकोमध्ये सबैभन्दा ठूलो भएको प्लान्ट क्वारेन्टाईन तथा विषादी व्यवस्थापन केन्द्रका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिनुभयो ।
नेपालमा शनिबार सलहको झुण्ड नेपालका प्रवेश गर्ने क्रम सुरु भएको थियो । सरकारले भारतका विभिन्न भागमा बालीनाली नष्ट गर्दै आएका सलह साना–साना झुण्डमा छुटिटएर नेपाल प्रवशे गरेको बताउँदै आएको थियो । अब भने ठूलो झुण्ड पनि नेपाल आउन थालेको पाइएको छ ।
प्रकाशित मिति : सोमबार, आषाढ १५, २०७७ |
१५:२४:५३
4797



















