कोरोनाको रिपोर्ट देखाएर मात्र लोकसेवाको अन्तर्वार्तामा सहभागी हुन पाउने
प्रकाशित मिति: मंगलबार, जेठ २०, २०७७ | १६:१५:२७
काठमाडौं ,२० जेठ
लोकसेवा आयोगको अन्तर्वार्तामा सहभागी हुन पीसीआर रिपोर्ट अनिवार्य बुझाउनु पर्ने भएको छ।
मंगलबार सूचना सार्वजनिक गर्दै आयोगले अन्तर्वार्ताको सूचीमा रहेकाले कोरोना भाइरस ९कोभिड–१९० परीक्षण गराएको पीसीआर रिपोर्ट अनिवार्य देखाउनुपर्ने उल्लेख गरेको हो।
आयोगले राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सोसहरका प्राविधिक र अन्य पदको परीक्षा र अन्तर्वार्तामा सहभागी हुनेले पीसीआर रिपोर्ट बुभाउनुपर्ने सूचना सार्वजनिक गरेको हो।
सूचनामा उम्मेदवारले अन्तर्वार्ता अघि नै पीसीआर रिपोर्ट आयोगको अन्तवार्ता तथा सिफारिस शाखामा बुझाउनुपर्ने उल्लेख गरिएको छ।
प्रकाशित मिति : मंगलबार, जेठ २०, २०७७ |
१६:१५:२७
4247



















