विप्लव समूहकी नेता उमा भुजेल पक्राउ
प्रकाशित मिति: बुधबार, जेठ २१, २०७७ | १४:२३:३६
गोरखा,२१ जेठ
प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहकी पोलिटब्युरो सदस्य उमा भुजेललाई पक्राउ गरेको छ । उनी कैलालीमा पक्राउ परेकी हुन् ।
भुजेललाई जिल्ला प्रहरीकार्यालय कैलालीबाट मंगलबार गोरखा अड्डासार गरिएको छ । भुजेलविरुद्ध यसअघि नै सार्वजनिक शान्तिविरुद्धको मुद्दा दर्ता भइसकेको थियो ।
उनीविरुद्ध आवश्यक कानुनी प्रक्रियाका लागि जिल्ला अदालत पठाइएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख, एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।
प्रकाशित मिति : बुधबार, जेठ २१, २०७७ |
१४:२३:३६
5633



















