३ लाख घुससहित वडाध्यक्ष पक्राउ
प्रकाशित मिति: शनिबार, जेठ २४, २०७७ | १२:४१:१२
पाल्पा,२४ जेठ
पाल्पाको रैनादेवि छहरा गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष देवेन्द्र पुन ३ लाख घुस लिँदै गर्दा शनिबार पक्राउ परेका छन् ।
रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसंग घुस लिनेक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई रंगेहात पक्राउ गरेको हो ।
काठको काम गर्ने एक ब्यवसायीसंग काठ लिलामको काममा सहजिकरण गरिदिने भनी घुस लिँदै गर्दा आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले उनलार्ई पक्राउ गरेको हो ।
आयोगको बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भूसालले वडाध्यक्ष पुनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जानकारी दिए ।
प्रकाशित मिति : शनिबार, जेठ २४, २०७७ |
१२:४१:१२
5567



















