भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु
प्रकाशित मिति: सोमबार, जेठ २६, २०७७ | १२:०७:५७
काठमाडौं ,२६ जेठ
भक्तपुरमा मिनी ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।भक्तपुर ब्यासीबाट झौखेलतर्फ जाँदै गरेको बा५ख ३११ नम्बरको मिनी ट्रक आइतबार राति सडकबाट खोलामा झर्दा चालकको मृत्यु भएको हो ।
महानगरिय प्रहरी परिसर भक्तपुरका अनुसार चाँगुनारायण नगरपालिका–३, झौखेलमा भएको दुर्घटनामा परी ट्रकका चालक स्थानीय ३५ वर्षीय नवराज लाछिवाको मृत्यु भएको हो ।
प्रकाशित मिति : सोमबार, जेठ २६, २०७७ |
१२:०७:५७
4005



















