मन्त्रिपरिषद् बैठक साँझ ६ बजे बस्ने
प्रकाशित मिति: मंगलबार, जेठ २७, २०७७ | १६:५१:३७
काठमाडौँ,२७ जेठ ।
आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ । जारी लकडाउनको अवधि जेठ ३२ गते सकिने भएपछि अबको मोडालिटीबारे छलफल गर्नको लागि मन्त्रिपरिषद् बैठक बस्ने लागेको हो ।
बैठक प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ६ बजे बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
आजको बैठकमा अबको लकडाउन कस्तो हुने भन्नेबारेमा छलफल हुने बताइएको छ । यसअघि गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको मोडालिटी तयार पार्न उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको थियो।
प्रकाशित मिति : मंगलबार, जेठ २७, २०७७ |
१६:५१:३७
5479



















