कुवेतबाट नेपाली लिएर आएको पहिलो जहाज काठमाडौं आइपुगे
प्रकाशित मिति: बिहिबार, जेठ २९, २०७७ | १२:४७:०९
काठमाडौं,२९ जेठ ।
कुवेतमा अलपत्र परेका र आममाफी पाएर आश्रय क्याम्पमा बसिरहेका नेपालीहरु लिएर दुईवटामध्ये एउटा विमान काठमाडौं आइपुगेका छन् । उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् ।
जजिरा एयरवेज ए३२० न्यारोबडी जहाज काठमाडौं आएको हो ।
कुवेतबाट नै अर्को एउटा फ्लाइटबाट पनि बिहीबारै नेपालीहरु काठमाडौं आउँदैछन् । अर्को हवाई जहाज दिउँसो करिब दुई बजे त्रिभुवन विमानस्थलमा अवतरण गर्ने विमानस्थल कार्यालयले जनाएको छ । ।
प्रकाशित मिति : बिहिबार, जेठ २९, २०७७ |
१२:४७:०९
5743



















