८ वर्षीया बालिका बलात्कार गर्ने पक्राउ
प्रकाशित मिति: बिहिबार, जेठ २९, २०७७ | १५:०४:२४
काठमाडौं, २९ जेठ ।
बालिकालाई जर्बजस्ती करणी गरेको अभियोगमा ईन्द्र पन्त पक्राउ परेका छन् । नवलपरासी९पूर्व०का ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिकाका पन्तलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
पन्तले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
यसैगरी, कञ्चनपुरमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका पौलाहका बिरु चौधरी पक्राउ परेका छन् । किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा चौधरीलाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । चौधरीले बुधबार राति ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मिति : बिहिबार, जेठ २९, २०७७ |
१५:०४:२४
4709



















