गाउँपालिकाबाट ११० प्रकारका औषधि निःशुल्क दिने नीति
प्रकाशित मिति: बुधबार, आषाढ १७, २०७७ | १३:५८:१९
काठमाडौं,१७ असार
बाजुराको गौमूल गाउँपालिकाको सातौं गाउँ सभाले सबै वडामा रहेका स्वास्थ्य संस्थाबाट ११० प्रकारका औषधि निःशुल्क दिने नीति अघि सारेको छ ।
गाउँपालिकाका सातौं गाउँ सभाको बजेट र कार्यक्रमबाट सो नीति पास गरिएको छ ।
स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउनाका साथै स्थानीय सरकारले पहिलोपटक ११० प्रकारका औषधि निःशुल्क गर्ने गरी नीति पारित गरिएको गाउँपालिका उपाध्यक्ष सीता थापाले जानकारी दिए ।
प्रत्येक वडाका टोलमा बुबा समूह गठन गरी स्वास्थ्य शिक्षालाई बढी प्रभावकारी बनाइनेसमेत नीति पारित गरिएको थापाको भनाइ छ । हरेक टोलका स्वास्थ्य आमा समूहलाई स्वास्थ्यसम्बन्धी सचेतनामूलक तालिम दिइने भएको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ १७, २०७७ |
१३:५८:१९
4577



















