वडाध्यक्ष आक्रमणको आरोपमा विप्लवका तीन कार्यकर्ता पक्राउ
प्रकाशित मिति: बुधबार, आषाढ १७, २०७७ | १४:१२:५९
तुलसीपुर,१७ असार ।
दाङ शान्तिनगर गाउँपालिका –२ का वडाध्यक्ष फर्साराम डाँगीमाथि आक्रमण गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सोधपुछ शुरु गरेको छ ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहका अनुसार नेत्रविक्रम चन्द ९विप्लव० समूहका तीन जनालाई मङ्गलबार राति शान्तिनगर २ बाट पक्राउ गरिएको हो । उनीहरुको नाम र ठेगाना भने सार्वजनिक गरिएको छैन ।
मङ्गलबार अपराह्न २ बजेतिर आक्रमणबाट घाइते डाँगीलाई उपचारका लागि काठमाडौँ लगिएको छ । डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति : बुधबार, आषाढ १७, २०७७ |
१४:१२:५९
4071



















