धनुषामा १० वर्षीया बालिका मृतावस्थामा फेला
प्रकाशित मिति: शुक्रबार, आषाढ १९, २०७७ | १३:१५:३१
काठमाडौं, १९ असार।
धनुषामा दुई दिनदेखि बेपत्ता एक १० वर्षीया बालिका मृतावस्थामा फेला परेकी छिन् । जनकपुर उपमहानगरपालिका वडा नम्बर -२१ स्थित कुर्थाकी १० वर्षीया बालिका कन्चनकुमारी शुक्रबार बिहान खेतमा मृतावस्थामा फेला परेकी हुन् ।
स्थानीयले बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरेका छन् । अहिले घटनास्थलमा प्रहरी पुगेर अनुसन्धान थालेको छ । परिवारले बालिका बेपत्ता भएसँगै खोजबिन गर्दा कतैपनि फेला नपरेपछि बिहीबार अस्थायी प्रहरी चौकी कुर्थामा उजुरी दिएका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १९, २०७७ |
१३:१५:३१
4005



















