गुल्मीमा पहिरोमा परी दुई जनाको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आषाढ १९, २०७७ | १४:२७:५४
गुल्मी,१९ असार
गुल्मी पहिरोमा परी गुल्मीमा दुई जनाको मृत्यु भएको छ। गएराति आएको पहिरोमा परी एक जना बेपत्ता भएका छन्।
ईस्मा गाउँपालिका १ मल्दीका वसन्त सारुका १८ महिनाका छोरा सुरज सारु र निस्ती ढाँडफाँटकी ७ वर्षकी बालिका अपेक्षा खत्रीको मृत्यु भएको हो। पहिरोमा परी घाइते भएका ईश्वरी खत्रीलाई स्थानीयबासिन्दाले उद्धार गरेका छन्। पहिरो खसेपछि आमासँगै भाग्ने क्रममा बेपत्ता बालिकाको शव बिहान खोला किनारमा फेला परेको हो।
पहिरोपछिको बाढीले होटल बगाउँदा होटलमा बास बसेका मुसिकोट नगरपालीका २ का भागिरथ घिमिरे बेपत्ता भएका छन्। पहिरोमा परी ६३ वर्षका टिका बहादुर खत्री घाइते भएका छन्। गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माका अनुसार सुरक्षाकर्मीको टोली घटनास्थलमा खटिएको छ।
प्रकाशित मिति : शुक्रबार, आषाढ १९, २०७७ |
१४:२७:५४
6557



















