चट्याङ लागेर आठ वर्षीय बालकको मृत्यु
प्रकाशित मिति: शनिबार, आषाढ २०, २०७७ | १२:२१:४६
काठमाडौं,२० असार ।
बूढीनन्दा नगरपालिकाको भैँसीखर्कमा चट्याङ लाग्दा आठ वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
वडा नं १० पाण्डुसैनको भैँसीखर्कमा बसिरहेकका बेला गएराति परेको चट्याङ लागेर आठ वर्षीय दीपेश बोहराको घटनास्थलमै मृत्यु भएको छ भने मृतकका ठुलाबुवा ४५ वर्षीय सौउरे बोहरा गम्भीर घाइते भएको आफन्त इन्द्र बोहराले जनकारी दिएका छन् ।
अहिले घटनास्थलतर्फ पाण्डुसैन अस्थायी प्रहरी चौकीबाट प्रहरीको टोली सम्बन्धित ठाउँमा हिँडिसकेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घटनस्थल पुग्न गाउँबाट करिब पाँच घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् ।
रासस
प्रकाशित मिति : शनिबार, आषाढ २०, २०७७ |
१२:२१:४६
4687



















