बझाङमा पहिरोले पुरिएर ३ जनाको मृत्यु, ४ बेपत्ता
प्रकाशित मिति: शनिबार, आषाढ २०, २०७७ | १२:३०:३४
काठमाडौं,२० असार
बझाङ केदारस्युँ गाउँपालिका वडा नम्बर ८ मल्लेसीमा भीषण पहिरोमा परी ३ जनाको मृत्यु भएको छ। अरु चार जना हराइरहेका छन्। गाउँको बीचबाट गएको पहिरोले १७ वटा घर बगाउँदा ४ महिला र ३ पुरुष गरी ७ जना वेपत्ता भएका थिए। उनीहरुमध्ये ३ जनाको शव निकालिएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत धनराज जोशीले जानकारी दिए। उनीहरुको पहिचान खुल्न बाँकी छ।
बाढी र पहिरोले ३ वटा लघुजलविद्युत आयोजना र १६ वटा पानी घट्टमा पनि क्षति पुर्याएको उनले बताए। पहिरोको जानकारी आएपछि प्रहरी घटनास्थलतर्फ गएको र बाटोमा बाढी र पहिरो भएकाले प्रहरी पुगिनसकेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक गणेशबहादुर बमले उल्लेख गरे। घटनाबारे विस्तृत विवरण आउन बाँकी छ।
प्रकाशित मिति : शनिबार, आषाढ २०, २०७७ |
१२:३०:३४
4313



















