‘इनफ इज इनफ’का दुई युवाले १२ बुँदे सहमतपछि तोडे अनसन
प्रकाशित मिति: मंगलबार, आषाढ २३, २०७७ | १४:२८:१८
काठमाडौं,२३ असार
अनसन बसेका दुई युवाले पिसिआर परीक्षणको दायरा बढाउन माग गर्दै मंगलबार अनशन तोडेका छन्। पिसिआर परीक्षणको दायरा बढाउने बिषयमा हिजो सरकारसँग १२ बुँदे सहमति भएपछि दुई युवा ईशान अधिकारी र पुकार बमले अनसन तोडेका हुन्। उनीहरु १२ दिनदेखि मण्डिखाटारस्थित ह्याम्स अस्पतालमा अनसनरत थिए। स्वास्थ्य मन्त्रालय र सत्याग्रही युवाबीच सहमति भएपछि उनीहरुले अनसन तोडेका अस्पतालले जनाएको छ। सत्याग्रही युवा र सरकारबीच विदेशबाट आएका व्यक्तिलाई पाँच दिन क्वारेन्टिनमा राखेपछि मात्रै परीक्षण गरेर इच्छा अनुसार होम क्वारेन्टाइन वा होटल क्वारेन्टाइन वा सार्वजनिक क्वारेन्टाइनको व्यवस्था गर्ने लगायत सहमति भएका छन्।

प्रकाशित मिति : मंगलबार, आषाढ २३, २०७७ |
१४:२८:१८
4093



















