गैँडाको खागसहित राजधानीबाट चारजना पक्राउ
प्रकाशित मिति: बुधबार, आषाढ २४, २०७७ | १६:२३:१८
काठमाडौं,२४ असार
काठमाडौं प्रहरीले गैँडाको खागसहित चारजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा ललितपुरको टौखेल बस्ने ६० वर्षीय सरोज गुरुङ, भक्तपुरको नयाँ ठिमी बस्ने २७ वर्षीय बुद्धि क्षेत्री, काठमाडौंको सिनामंगल बस्ने ३५ वर्षीय पुर्ण परियार र सोही स्थानमा बस्ने २५ वर्षीया शिखा गिरी बराल रहेका छन्।
खागको खरिदविक्री हुन लागेको बेला उनिहरु पक्राउ परेको प्रहरीले जनाएको छ।
प्रकाशित मिति : बुधबार, आषाढ २४, २०७७ |
१६:२३:१८
5589



















