नवनियुक्त आईजीपी क्षेत्रीलाई गृहसचिवले लगाइदिए दर्ज्यानी चिन्ह
प्रकाशित मिति: बिहिबार, आषाढ २५, २०७७ | ११:५७:४७
काठमाडौं,२५ असार ।
नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीलाई गृहसचिव महेश्वर न्यौपानेले दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
गृह मन्त्रालयमा बिहीवार बिहान आयोजित कार्यक्रममा न्यौपानेले आईजीपी क्षेत्रीलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् । आईजीपी थापाले आफ्नो कार्यकालमा नेपाल प्रहरीलाई उत्कृष्ट संगठन बनाउने प्रतिबद्धता व्यक्त गर्दै पदीय चुनौतिलाई अवसरमा रुपान्तरण गर्ने आफ्नो सत्प्रयास रहने उल्लेख गरे ।
३० वर्ष सेवा अवधि पुरा गरी निबर्तमान आईजीपी ठाकुर प्रसाद ज्ञवाली बुधबारदेखि नै प्रहरी सेवाबाट अवकाश पाएका छन्। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरी महानिरीक्षकमा नियुक्त गरेको थियो ।
प्रकाशित मिति : बिहिबार, आषाढ २५, २०७७ |
११:५७:४७
4929



















