रुकुमपश्चिममा पहिरोमा परि आमा छोराको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आषाढ २६, २०७७ | १३:३४:५९
सुनिल महर
रुकुम पश्चिम ,२६ असार
हिजो रातिदेखि परेको अविरल वर्षासँगै पहिरो खस्दा एकै घरका दुई जनाको ज्यानगएको छ । रुकुमपश्चिमको आठबिसकोट नगरपालिका–३ का २८ वर्षीया सीतादमाई र उहाका ६ वर्षीय छोरा हाविल परियारको घटनास्थलमै ज्यानगएको प्रहरीले जनाएको छ । ८ वर्षीया छोरी हिरा परियारलाई भने नेपालप्रहरी र स्थानीयबासिन्दाले सकुशल उद्धार गरेका छन्न ।
शुक्रबार बिहान आठबिसकोट नगरपालिका–३ स्यालाखदिमा रहेको रेझेखोलामाआएको पहिरोले तुलबहादुर दमाईको घर पुरेको थियो । घरमा रहेकाआमा छोराको घटनास्थलमै ज्यानगएको जिल्लाप्रहरी कार्यालय रुकुमपश्चिमका कार्यालय प्रमुख डीएसपी ठगबहादुर केसीले बताउनुभयो ।
चार जना सदस्य रहेको परिवारकातुलबहादुर दमाई कामविशेषले घर बाहिरै रहेकोले सकुशल रहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति : शुक्रबार, आषाढ २६, २०७७ |
१३:३४:५९
5215



















