पहिरोका कारण बुटवलबाट गुल्मी हुँदै बाग्लुङको बुर्तिबाङ जाने सडक अबरुद्ध
प्रकाशित मिति: आइतबार, आषाढ २८, २०७७ | १३:०१:०३
काठमाडौ,२८ असार
लगातार वर्षाका कारण पहिरो गएपछि बुटवलबाट गुल्मी हुँदै बाग्लुङको बुर्तिबाङ जाने रुद्रवेणी–वामीटक्सार सडक अवरुद्ध बनेको छ । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका –६ डहरे खोलामा ट्रक भासिएपछि गए रातिदेखि सडक अवरुद्ध बनेको हो ।
सडक अवरुद्धपछि एम्बुलेन्ससहित दर्जनौँ सवारी साधन र यात्रु बीच बाटामा अलपत्र परेका छन् । सडक पुनःसञ्चालन गर्न डोजर परिचालन गर्ने तयारी भइहेको सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले बताउनुभयो ।
अविरल वर्षाका कारण पहिरो जाँदा गुल्मीको तम्घास – इन्द्रेगौँडा र तम्घास – मुसिकोट सडक पनि अवरुद्ध भएका छन् । मुसिकोट नगरपालिका –३ को धरमपानी र ४ को ताहु खोलामा सडकमााथिबाट ठूलो पहिरो खसेपछि शनिबार बेलुकीदेखि सडक अवरुद्ध बनेको हो ।
प्रकाशित मिति : आइतबार, आषाढ २८, २०७७ |
१३:०१:०३
4159



















